वीरेन्द्रनगरकाे औद्योगिक क्षेत्रको गेटमा दुर्घटना, तीन जना घाइते

सुर्खेत । वीरेन्द्रनगरकाे औद्योगिक क्षेत्रको गेटमा माेटरसाईकल र कार ठाेक्कीदा तीन जना घाइते भएका छन् । औद्योगिक क्षेत्रबाट बाहिर निस्कदै गरेकाे बा ९ च ९८८१ नम्बरको कार र तिनकुने चोक बाट एयरपोर्टतर्फ आउदै गरेको कर्णाली प्रदेश ०२००१ प ५१०५ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।



दुर्घटनामा मोटरसाईकल चालक जुनिचाँदे गाउँपालिका ५ जाजरकाेटका ४० वर्षीय तिर्थ शाह, उनका दुइ वर्षीय छाेरा अमाेल शाह र माेटरसाइकलकाे पछाडी सवार ३३ वर्षीय सागर श्रेष्ठ घाइते छन् । उनीहरुकाे हात, टाउको,अनुहार र छातिमा चोट रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । घाइतेकाे देउती नर्सिङ हाेममा उपचार भइरहेकाे र अवस्था सामान्य रहेकाे कार्यालयकाे भनाई छ । माेटरसाइकल र कार भने प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

तपाईको प्रतिक्रिया