सुर्खेत । कर्णाली प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पदबाट राजिनामा दिएका राजकुमार शर्मालाई कामचलाउ सरकारको जिम्मेवारी दिएको छ । प्रदेश प्रमुख तिलक परियारलाई शर्माले राजिनामा बुझाए लगत्तै अर्को मन्त्रीपरिषद गठन नहुनेञ्जलसम्म मौजदा मन्त्री परिषदबाटै कार्य सञ्चालनका लागि जिम्मेवारी तोकेका हुन् ।



नेपाल कर्म । २१ चैत्र २०८०, बुधबार १८:२६