सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरूलाई आह्वान गरेका छन्। उनले बुधबार विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान गरेका हुन्।
बुधबार कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन्। दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५:५० बजेसम्मको दिइएको छ।

केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेश सभामा सम्बोन्धन गर्दै पदबाट राजीनामा दिएका हुन्। संघमा सत्तासमीकरण फेरिएसँगै काँग्रेसले गत फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।


नेपाल कर्म । २१ चैत्र २०८०, बुधबार १८:१९