सुर्खेत । केन्द्रीय सत्ता समिकरण परिवर्तनसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका छन् । मुख्यमन्त्री शर्माले हालसम्म आफूले गरेका उपलव्धिहरु सार्वजनिक गर्दै कर्णाली प्रदेश सभालाई सम्बोधन गरेर मुख्यमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।
अब मुख्यमन्त्री शर्माले राजिनामा पत्र प्रदेश प्रमुखलाई बुझाउने छन् । मुख्यमन्त्रीले राजिनामा दिएसँगै कर्णालीको नयाँ मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त हुनेछन् ।
प्रदेश प्रमुखको कार्यालयले आजै सरकार गठनका लागि आह्वान गर्ने र बहुमत सांसदहरुको समर्थन लिएर मुख्यमन्त्रीमा कँडेल नियुक्त हुन लागेका हुन् ।


४० सदस्यीय कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुमा माओवादीका १३, एमालेका १० र साजवादीका १ सहित २४ सांसद छन् । यीमध्य एमालेका नन्दा गुरुङ सभामुख भएकाले नयाँ सरकारका लागि स्पष्ट बहुत २० सांसद भए पुग्छ । तर नयाँ समिकरणअनुसार तीन वटै दलका २३ जना सांसद छन् । सभामा काँग्रेसका १२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन् ।

नेपाल कर्म । २१ चैत्र २०८०, बुधबार १६:५०