दुल्लुमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिँदै

सुर्खेत । दुल्लु नगरपालिकाले भोली (शुक्रबार) निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौं मेडिकल कलेज सिनामंगलको प्राविधि सहयोग र दुल्लु नगरपालिकाको आयोजनामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।



शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जनरल शल्यक्रिया, मानसिक तथा नशा, हाडजोर्नी, छाला तथा यौनरोग सेवाहरु प्रदान गरिने नगर प्रमुख भरत रिजालले जानकारी दिए । उनकाअनुसार नाक, कान र घाँटी, मुटु रोग, न्यूरो सर्जरी, भिडियो एक्सरे, आँखा परीक्षण र प्रयोगशाला सेवा समेत प्रदान गरिनेछ ।

प्रतिनिधि सभा २ का सदस्य दिक्पाल शाहीको अनुरोधमा शिविर सञ्चालन गरिन लागिएको प्रमुख रिजालको भनाई छ । ‘आर्थिक रुपमा कमजोर तथा जिल्ला बाहिर सेवा लिन नसकेका नगरबासीहरुलाई विशेषज्ञ सेवा लिन अपिल गर्दछु,’ प्रमुख रिजालले भने । शिविर दुल्लु अस्पताल परिसरमा सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया