सुर्खेत । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथी छानविन गर्न संसदीय समिति बनाउन दवाब दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले सहकारी ठगी प्रकरणमा मुछिएको बिषयलाई लिएर गृहमन्त्र्री रवि लामिछानेमाथि छानविन समिति बनाउन दवाब दिएका हुन् ।

शर्माले व्यंग्य गर्दै भने, ‘गृहमन्त्रीजीलाई पनि रोष्टममा उभिएर ठुलो स्वरमा भन्न मन छ कि म निर्दोश छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस । म आग्रह गर्न चहान्छु । रोष्टमबाट को दोषी ? को निर्दोषी ? भनेर यहाँबाट छुट्याउने विधि हैन । न्यायिक पद्दतिमा यो उल्लेख छैन । त्यसैले हामी चाहान्छौ संसदीय छानविन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने हक छ । त्यो उपयोग गर्न उहालाई दिइयोस ।’


संसदीय समिति किन भन्ने प्रश्न उठेको भन्दै सांसद शर्माले सामान्यतया चोरी, ठगी, जालझाली जस्तो लाजमर्दो मद्दाहरु संसदबाट छानविन गर्न आवश्यक नपर्ने बताए । त्यस्ता मद्दा गाउँको पुलिसले गार्खे लौरीले समाधान गर्ने उनले उल्लेख गरे ।
उनले थपे, ‘तर सदनमा आज यस्तो मुद्दा आएको छ । यसमा गृहमन्त्री लामिछानेले अहिले तत्काल मन्त्री बन्दिन भन्नुपर्ने हो । तर अहिले सहकारीको छानविन अनुसन्धान पनि रोकियो ।’

भावना राेकाया । २१ चैत्र २०८०, बुधबार १४:५३