माओवादी सांसदलाई प्रदेश सभा पठाइयाे, मुख्यमन्त्री निवासमा वान टु वान छलफल

सुर्खेत। माओवादी संसदीय दलकाे बैठक बिना निष्कर्ष टुंगिएसँगै मुख्यमन्त्री निवासमा एमाले संसदीय दलका नेता यामलाल कँडेलकाे इन्ट्रि भएकाे छ।



राजीनामाबारे बसेकाे दलकाे बैठकबिचैमा राेकेर सांसदहरुलाई प्रदेश सभा जान भनिएकाे छ। सांसदहरु प्रदेश सभा पुगिसकेका छन्। सांसदहरु निस्किएसँगै निर्णायक छलफलका लागि
कँडेल मुख्यमन्त्री निवास छिरेका हुन् ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिनुपर्व राजीनामा विषयमा अन्तिम छलफल हुन लागेकाे छ। निवासमा कँडेल र मुख्यमन्त्री शर्माबिच वार्ता सुरु भएकाे छ।

तपाईको प्रतिक्रिया