दैलेखमा वडा कार्यालय तोडफोड

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका ३ नम्बर वडा कार्यालय तोडफोड गरेर आवश्यक सामग्री चोरी भएको छ । पाली नजिकै रहेको वडा कार्यालयमा बुधबार विहान ताेडफोडसँगै केही सामग्री समेत चोरी भएका हुन् ।



वडा कार्यालय नजिकै कुनै वस्ती नभएको र मध्यराती तोडफोड गरेर कार्यालयमा रहेको ल्यापटप तथ आवश्यक कागजात चोरी भएको दुल्लु नगरपालिकाका प्रमुख भरत रिजालले नेपालकर्मलाई जानकारी दिए । उनकाअनुसार वडा कार्यालयमा रहेका अन्य कागजातमा समेत क्षती पुगेको छ ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपनि हालसम्म चोरी गर्ने व्यक्तिको पहिचान नभएको प्रमुख रिजालले बताए । अपराधिक मानसिकता भएका व्यक्तिहरुले वडा कार्यालयमा क्षती गरेको र केही शंकास्पद व्यक्तिहरुको निगरानी प्रहरीले गरिरहेको प्रमुख रिजालको भनाई छ ।

तपाईको प्रतिक्रिया