काठमाडौं । महानगरपालिकाले सात दिनभित्र नेपालीपन झल्किने गरी विद्यालयको नामकरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। महानगरपालिकाले बुधबार सूचना जारी गिरी नेपालीपन झल्किने नाम राख्ने प्रक्रिया अघि बढाउन विद्यालयहरूलाई निर्देशन दिएको हो।

महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयको नाम नियमविपरीत देखिएको भन्दै सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ । यो अवधिमा मौलिक नाम राख्ने प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले जनाएको छ।


महानगरले शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ।
विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर ३५ दिनभित्र निवेदन दिन पनि महानगरले निर्देशन दिएको छ।

नेपाल कर्म । २१ चैत्र २०८०, बुधबार ११:४४