टर्कीको ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको छ। इस्तानबुल गभर्नरको कार्यालयका अनुसार शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६ तले भवनको तहखानेमा रहेको नाइट क्लबमा मर्मतसम्भार गर्ने क्रममा आगलागी भएको हो ।

न्यायमन्त्री यिलमाज टुंकले घटनामा जिम्मेवार ठहर गर्दै चार कार्यस्थल प्रबन्धक र एक नवीकरण पर्यवेक्षकसहित पाँच संदिग्धलाई पक्राउ गरेको बताए।


नेपाल कर्म । २१ चैत्र २०८०, बुधबार १०:५१