सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् । मुख्यमन्त्री शर्मा निवासमा बसेकाे संसदीय दलकाे बैठकले बुधबार विश्वासकाे मत लिने र त्यसपछि मात्रै राजिनाकाे प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।
उनकाअनुसार केन्द्रले सर्कुलर ढिला पठाएकाले संसदीय प्रक्रियामा गईसकेकाे अवस्थामा विश्वासकाे मत लिएर नयाँ सरकार गठनकाे प्रक्रिया अघि बढ्छ । मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठक मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर बुधबार दिउँसो सार्नका लागि भनेका छन् ।


नेपाल कर्म । २० चैत्र २०८०, मंगलवार १८:३४