सुर्खेत । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णाली अध्यक्षमा देवेन्द्र रावल चयन भएका छन् । यहीँ चैत २० गते सुर्खेतमा गरिएको भेलाले रावलको अध्यक्षतामा नयाँ तदर्थ कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल तथा हिमाल जि।सी। महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे चयन भएका छन् ।
सदस्यमा बिजय बहादुर बि।क।, जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।


नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष एवम् कर्णाली प्रतिनिधि लालबहादुर जिसी र कर्णाली प्रदेश खेलकुद परिषद् बोर्ड सदस्य टक्कबहादुर शाहीको उपस्थितिमा तदर्थ कार्य समिति गठन गरिएको हो ।

नेपाल कर्म । २० चैत्र २०८०, मंगलवार १६:५२