कर्णालीकाे संसद बैठक स्थगित

सुर्खेत । कर्णाली प्रदेश सभाकाे बैठक आजका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत लिने तयारी गरिरहेका बेला मुख्यमन्त्री स्वंयमले आजकाे बैठकमा उपस्थिति हुन नस्कनेे भन्दै पत्र पठाएपछि बैठक स्थगित भएको हाे ।



नेपालकाे विधानको धारा १८८ को उपधारा (२) बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव मिति २०८०।१२।२० गते कर्णाली प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन मुख्यमन्त्रीद्वारा पठाईएकाे पत्रमा उल्लेख छ ।

उनले कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम १५० वमोजिम सूचना गरेकोमा बिशेष कारणबस सो मितिमा प्रस्ताव पेश गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव मिति २०८०।१२।२१ गते सारी प्रदेश सभामा पेश गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन अनुराेध गरेका छन् ।

सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।

तपाईको प्रतिक्रिया