टी–२० सिरिजमा नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । एसएमएस फ्रेन्डशिप कपअन्तर्गत त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाली टोलीले बरोडालाई जितका लागि एक सय ५७ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा सर्वाधिक ४० रनको योगदान गरे । उनी अविजित रहे ।



सन्दीप जोराले पनि टोलीका लागि १६ बलमा २९ रनको योगदान गरे । अनिल साहले २७ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेलले पनि १३ बलमा १८ रन बटुले । नेपालका लागि गुलसन झाले १४ बलमा १३ रन बनाए ।

यसैगरी ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ११ बलमा नौ रन बटुलेका थिए । अर्का ओपनर ब्याट्सम्यान आसिफ शेख पनि १२ बलमा नौ रन बनाउँदै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी पाँच बलमा पाँच रन बनाउँदै अविजित रहे । बरोडाका बलर बाबा खानले दुई तथा मोहित मोंगिया र परिक्षीत पाटिदरले एक–एक विकेट लिए ।

तपाईको प्रतिक्रिया