सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माकाे निवास ईत्राममा माओवादी संसदीय दलकाे बैठक शुरू भएको छ । शिर्ष नेताहरूविच बैठक सकिए लगत्तै निवासमा मुख्यमन्त्री शर्माले दलकाे बैठक शुरू गरेका हुन् ।

बैठकमा विश्वासकाे मत र केन्द्रीय नेतृत्वले सत्ताकाे नेतृत्व एमालेलाई दिन गरेकाे परिपत्रमा केन्द्रित हुने माओवादी स्राेतले जनाएको छ ।


दलकाे बैठक अघि विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएकाे हाे । तर छलफल सकरात्मक रहेकाले निष्कर्षमा चाडैं पुग्ने माओवादी नेता एवम् पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए । अहिले शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेल छुट्टै बसिरहेका छन् ।
यता माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल र माओवादी प्रदेश अध्यक्ष विमला केसीसमेत छुट्टै छलफलमा छन् ।

नेपाल कर्म । २० चैत्र २०८०, मंगलवार १६:११