कर्णालीमा सत्ता किचलाे : मुख्यमन्त्री निवासबाट बाहिरिए एमाले नेता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माकाे निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक सकिएकाे छ । कर्णालीकाे नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएकाे हाे ।



तर छलफल सकरात्मक रहेपनि अझै टुंगाेमा नपुगेकाे एमाले कर्णाली ईन्चार्ज लेखराज भट्टले जानकारी दिए ।

छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, माओवादीकै प्रभावशाली नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी थिए ।

माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा निवासमै रहँदा अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएकी छिन् । उनीहरू छुट्टै बसिरहेका छन् ।

मुख्यमन्त्री शर्माले आज विश्वासका मत लिन यसअघि नै पत्र संसद सचिवालयमा दर्ता गरिसकेका छन् । केन्द्रले कर्णालीकाे नेतृत्व एमालेलाई दिन परिपत्र गरेपनि मुख्यमन्त्री शर्मा नछाड्ने अडानमा छन् ।

तपाईको प्रतिक्रिया