सभापति लामिछाने सबै प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिहाल्नु नपर्ने बताएका छन्।



मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरेका हुन् ।

उनले समाचारमा आउने सबै सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे। उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए। उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे।

उनले आफूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा बोल्न नपाएको पनि बताए। सदनमा उठेका कुरामा आफूले जवाफ दिन पाउनुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया