सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माकाे निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक शुरू भएको छ । कर्णालीकाे नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भईरहेकाे हाे ।

छलफलमा माओवादीका कर्णाली इन्चार्ज कालिबहादुर मल्ल, एमाले इन्चार्ज लेखराज भट्ट, माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, मुख्यमन्त्री राजकुमार शर्मा, एमाले संसदीय दलका नेता यामलाल कँडेल सहभागी छन् ।
नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रकाे निर्णय कुरिरहेकाे बेला दुवै दलका नेताहरूबिच मुख्यमन्त्री निवासमा छलफल भईरहेपनि ठाेस निर्णय भईनसकेकाे स्राेतले जनाएको छ ।

केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासकाे मत लिने अडान कायमै राखेका छन्।


नेपाल कर्म । २० चैत्र २०८०, मंगलवार १३:४०