माओवादीकाे निर्णय कुर्दै एमाले, मुख्यमन्त्रीले राजिनामा दिनेमा विश्वस्त

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलले नेकपा माओवादी केन्द्रकाे निर्णय कुरिरहेकाे छ । केन्द्रबाट नेतृत्व एमालेलाई दिन निर्देशन दिएपनि मुख्यमन्त्री राजकुमार शर्माले जसरी पनि विश्वासकाे मत लिने अडान लिएपछि माओवादीकाे निर्णय एमालेले कुरिरहेकाे हाे ।



‘केन्द्रीय सत्ता समिकरण अनुसार त्यहीँ निर्देशन मान्नुपर्छ भन्नेमा हाम्रो भनाइ हाे,’ एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले भने, ‘आजकाे संसद बैठक सारेर मुख्यमन्त्रीले राजिनामा दिएर मार्ग प्रस्तत गर्नुहुन्छ भन्नेमा ढुक्क छाैं ।’

माओवादीकाे निर्णयपछि मात्रै एमालेले थप निर्णयका लागि बैठक बाेलाउने पछाइले जानकारी दिए ।

यता कर्णालीकाे विवाद मिलाउन पूर्व मूख्यमन्त्री एवम् प्रभावशाली नेता महेन्द्र शाही छलफलमा जुटिरहेका छन् । शाहीकाे उपस्थितिमा प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री शर्माविच छलफल जारी छ ।

माओवादीकाे १ बजे संसदीय दलकाे बैठक बस्दै छ भने शाही सहभागी बैठकले गरेकाे निर्णय मान्ने संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया