१ बजे संसदीय दलकाे बैठक बस्दै, शाही सहभागी बैठककाे निर्णय मान्ने

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलको बैठक दिउँसो १ बजेसम्म बस्ने गरी तयारी भइरहेको छ । माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको बताए हुन् ।



यद्यपि त्यो भन्दा पहिला माओवादी नेता महेन्द्रबहादुर शाही सहभागी भएर अहिले छलफल चलिरहेको बैठकले के निर्णय गर्छ त्यसलाई पर्खिएको उनले बताए । ‘भित्र (मुख्यमन्त्री निवास) छलफल भइरहेको छ, पुर्व मुख्यमन्त्री ज्यूले माथिबाट के सन्देश ल्याउनु भएको छ,’ उनले भने, ‘यो बैठकले के निर्णय गर्छ त्यसलाई मानेर जानुपर्ने हुन्छ ।’ तर, अहिलेसम्म माओवादीको बटमलाइन भनेको विश्वासको मत जसरी हुन्छ लिएरै छाड्ने रहेको उनले बताए । प्रदेश सभामा कार्यव्यवस्था समितिको समेत बैठक बसिरहेको छ ।

तपाईको प्रतिक्रिया