कर्णालीकाे मुख्यमन्त्रीमा कँडेललाई समर्थन गर्न प्रधानमन्त्री प्रचण्डकाे परिपत्र

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न परिपत्र गरेका छन् ।



सरकारको नेतृत्वका लागि नेकपा एमालेलाई पहिलाे चरणमा दिन  र एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउन परिपत्र आएकाे पुष्टि माओवादीका प्रदेश ईन्चार्ज कालिबहादुर मल्लले गरेका छन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको  प्रदेश इन्चार्ज मल्लले बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले भने मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । ‘हामीले दावी छाडेका थिएनौं तर केन्द्रीय नेतृत्वले परिपत्र नै पठाएपछि पछि हट्नुु पर्ने परिस्थिति आयाे,’ ईन्चार्ज मल्लले भने, ‘गवबन्धनकाे लाईनभन्दा दायाँबायाँ गर्न सकिदैन । म प्रदेश बाहिर छु, विहानै सुर्खेत पुगेर प्रक्रिया अघि बढ्छ । यस विषयमा मुख्यमन्त्री राजकुमार शर्मासँग पनि कुरा गरिसकेको छु ।’

तपाईको प्रतिक्रिया