कर्णालीका ५१ प्रतिशत परिवारलाई टुकीकै भर

सुर्खेत । कर्णालीमा कुल परिवार संख्याको ५१ प्रतिशत परिवार बिजुलीको पहुँचबाहिर रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ। तथ्यांकअनुसार एक हजार सात सय ७५ परिवार अझै पनि उज्यालोका लागि मट्टीतेलको भर पर्नुपर्ने अवस्था छ।



यस्तै, १ सय ४५ परिवारले बायोग्यास र ७ हजार १ सय ३५ परिवारले बिजुली तथा सौर्य ऊर्जाबाहेकका अन्य स्रोत अपनाएको जनगणनाको तथ्यांकमा उल्लेख छ। कर्णालीमा कुल ३ लाख ६६ हजार परिवारमध्ये १ लाख ८१ हजार ६ सय ७६ परिवारमा मात्र बिजुली पुगेको छ। यो संख्या कर्णालीको कुल परिवार संख्याको ४९ दशमलव ६ प्रतिशत हो।

यसैगरी, १ लाख ७५ हजार ३ सय ६ परिवारले बत्ती बाल्नका लागि सोलार तथा सौर्य ऊर्जाको प्रयोग गरेका छन्। यो संख्या प्रदेशको कुल परिवार संख्याको ४७ दशमलव ९ प्रतिशत हो। यस्तै, खाना पकाउने इन्धनका रूपमा ८२ प्रतिशत परिवारले दाउराको उपभोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया