काठमाडौँ । टी(२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपाल ‘ए’ ले कप्तान विनोद भण्डारीका रुपमा तेस्रो विकेट गुमाएको छ।

उनले ८ बलको सामना गरेर ११ रन बनाउँदै फियोन ह्यान्डको बलमा बोल्ड भए। यतिवेला नेपालको स्कोर ५ ओभरमा ३५ रन थियो।

नेपालको ब्याटिङको ओपनिङ गरेका लोकेश बम ७ बलमा ८ रन र अर्का ओपनर देव खनाल ७ बलमा नै ६ रन बनाएर आउट भए।
घरेलु टोली नेपाल ‘ए’ ले टी(२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले टस जितेर फिल्डिङ गर्ने भएपछि नेपालले पहिले ब्याटिङ गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्ड ‘ए’ का कप्तान निल रकले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए।
अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ।
यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ २१ रन र ४० रनले पराजित भएको थियो।
आयरल्यान्ड ‘ए’ भने आजको खेल पनि जितेर शृंखला ‘क्लिन स्विप’ गर्ने सुरमा छ।

नेपाल कर्म । १९ चैत्र २०८०, सोमबार १३:५७