जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र समितिमा जवाफ पेस गर्न नेवानिलाई निर्देशन

काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो।



समितिले न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए।

उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए। उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेश गर्न आग्रह गरे।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।

उनले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए। उनले दुबईको निर्णय कुन परिस्थिति र किन भयोरु कारणसहित पेश गर्न पनि निर्देशन दिए।

उनले निगमले जहाज खरिदपछि बनाएको व्यावसायिक योजना पनि पेस गर्न निर्देशन दिए।

उनले भने, ‘समितिले उपसमिति बनाएर समितिलाई विश्वास तुल्याउने गरी न्यारोबडी जहाजसम्बन्धी सम्झौताको बेला के भएको थियो। तपाईले गरेको सम्झौता के हो। अहिले भएको के हो। त्यसमा भ्रष्टाचार छैन। परिस्थितिजन्य कारण भयो भन्ने समितिलाई विश्वास हुनुपर्‍यो। होइन भने थप कारबाहीको लागि बाध्य हुन्छौँ। १५ दिनभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बदमासी छैन। परिस्थिति यस्तो हुन गयो। त्यो लजिक र भ्यालिट हुन गयो भने समिति त्यहीअनुरुप जान्छ। अबको १५ दिनभित्र समितिले माननीयहरु तोक्छौं। त्यो जुन भष्टाचारजन्य कार्य भएको छैन भनी पुष्टि हुने प्रमाणसहित पेश गरिदिनु पर्‍यो।ु

उनले युरोपियन युनियनको कालोसूचीबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए।

तपाईको प्रतिक्रिया