काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायमाझीविरुद्ध उजुरी आह्वान भएको छ। आज विहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेरजबराले जानकारी दिए।

समितिको निर्णय अनुसार १० दिनभित्र जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन्। आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले रायमाझीलाई महालेखापरीक्षकमा सिफारिस गरेको थियो।


संवैधानिक परिषदले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको हो।
महालेखापरीक्षकलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

नेपाल कर्म । १९ चैत्र २०८०, सोमबार १२:११