रुसी सेनाबाट नेपाली फर्काउनुपर्छ भन्नेहरू पक्राउ

काठमाडौं । रुसी सेनाबाट नेपालीहरूलाई फर्काउन पहल गर्नुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ।



रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीसहित १४ जनाभन्दा बढीलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।

पछिल्लो समय रूसको सेनामा भर्ती भएका नेपालीहरूलाई अविलम्ब नेपाल फर्काउनुपर्नेमा सरकारलाई चौतर्फी दबाब बढ्दै गए पनि सरकारले उचित परिणाम देखिने गरी काम गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया