राष्ट्रिय जनगणना २०७८

कर्णाली प्रदेशकाे साक्षरता दर ७६.१ प्रतिशत

सुर्खेत । १२ औँ राष्ट्रिय जनगणना २०७८ को कर्णाली प्रदेशस्तरीय तथ्यांकले प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत भएको देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको अन्तिम नतिजा तथ्यांकमा प्रदेशको साक्षरता दर ७६.१ रहेको छ।



यो साक्षरता दर कुल जनसंख्याको प्रदेशका पाँच वर्ष वा सो भन्दा बढी उमेर समूहको हो। यसअघि राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको साक्षरता दर (५ वर्ष वा सोभन्दा माथिको) ६५.९ प्रतिशत रहेको थियो।

१० वर्षको अन्तरमा करिब १० प्रतिशतले बढेको हो। जसमा पुरुषको साक्षरता ८३.३ प्रतिशत र महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ। प्रदेशमा कुल साक्षर जनसंख्याको सबै भन्दा बढी अर्थात् ३०.९ प्रतिशत व्यक्तिहरुको प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तिर्ण गरेका छन्। दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्र्तिण गरेका व्यक्तिहरु २१.५ प्रतिशत रहेका छन्।

यस्तै, एसएलसी वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ८.० प्रतिशत रहेका छन् भने एसएलसी भन्दा माथिल्लो तह उत्तिर्ण गर्नेहरु १५.८ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।

तपाईको प्रतिक्रिया