सुर्खेत । शनिवार डोल्पामा एक जनाको मृत्यु भएको छ । अत्याधिक हावाहुरीका कारण मुड्केचुला गाउँपालिका ९ होर्तगाउका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको हो।

आलु र मल घोडामा घर तिर ल्याउदै गर्दा बीच बाटोमै एक्कासी रुख ढलेर रुखले च्यापेर मृत्यु भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। उनका अनुसार मुसि खोलाबाट आलु र खेतमा प्रयोग गर्ने मल घोडामा राखेर घर तिर ल्याउदै गर्दा हावाहुरिले रुख ढल्दा बुढासँगै दुई वटा घोडा च्यापिएका थिए।


रुखले च्यापिएर हात र दुबै खुट्टा भाचिएका बुढाको उपचारको लागि डोल्पा देखि जुम्ला लैजाँदै गर्दा बाटोमा अत्याधिक रक्तश्राबका कारण शनिवार साँझ लामाचौरमा ज्यान गएको अध्यक्ष शाहीको भनाइ छ।

नेपाल कर्म । १८ चैत्र २०८०, आईतवार ११:२५