समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन

सुर्खेत । जनता समाजवादी पार्टी (जसपा)नेपाल निकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटेल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो ।



समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन् ।

कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् समाजवादी किसान महासङ्घका अध्यक्ष सञ्जय सिंह, पार्टीका केन्द्रीय सदस्य लीला सिजापती, दिलु खड्का महासङ्घका महासचिव ओमकृष्ण श्रेष्ठलगायत उपस्थित रहेका थिए ।

समाजवादी किसान महासङ्घले कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरिय समिति गठन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया