इजरायलको हवाइ हमलामा , ३६ सैनिकसहित ४४ को मृत्यु

काठमाडौं । सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ। आक्रमणमा परि ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।



गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो।

उक्त हमलालाई रुसले सिरियाको सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ।

तपाईको प्रतिक्रिया