सुर्खेत । मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा मादलको प्रयोग गरिँदै आएको छ । तर पछिल्लो पटक ओझेलमा पर्दै गएको लोकबाजा मादलको संरक्षण र प्रवद्र्धनका लागि राष्ट्रिय महिला मादल वादन प्रतियोगिताको आयोजना गर्न लागिएको छ ।


आगामी बैशाख २७ गते काठमाडौंमा रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मादल प्रतियोगिता गर्न लागिएको हो । मादलको महत्व, नेपाली संगीतमा यसको प्रयोग र मादलको संरक्षणका लागि कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एवम् गायीका टिका पुनले जानकारी दिइन् । कर्णाली कलाकार प्रतिष्ठान काठमाडौंले आयोजना गर्न आवश्यक तयारीमा लागिरहेको उनले बताइन् ।


नेपाल कर्म । १७ चैत्र २०८०, शनिबार ०८:५१