राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालको कारबाही

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बूलाई प्रेस सेन्टर नेपालले कारबाही गरेको छ।



शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै लिम्बूलाई कारबाही गरेको जनाएको छ।

लिम्बू प्रेस सेन्टर नेपालका सचिव हुन्। लिम्बूले संगठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्ति प्रदर्शन गरेको भन्दै उनले संगठनका सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन्।

प्रेस सेन्टर नेपालको अनुशासन समितिको सिफारिसमा शुक्रबारदेखि सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया