काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले शुक्रबार पहिलो टी(२० क्रिकेटमा दिएको दुई सय २३ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् ।


११ ओभरको खेल सकिँदा लोकेश ३९ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतले ६२ रन बनाउँदै क्रिजमा छन् । नेपालले ११ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर एक सय तीन रन बनाएको छ ।


नेपाल कर्म । १६ चैत्र २०८०, शुक्रबार १६:०५