युक्रेनसँग वार्ताको पहल भएको छैन : रुस

रुसले युक्रेनमा सम्भावित शान्ति पहलबारे जारी वार्तामा संलग्न नभएको प्रतिक्रिया दिएको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्तामा संलग्न नभए पनि त्यस्ता विवरणबारे जानकारी संकलन भने गरिरहेको बताए।



‘ती सबै देश सम्भव भएसम्म अन्त्यसम्म युक्रेनलाई समर्थन गर्न आफ्नो राजनीतिक इच्छा शक्तिमा एकजुट छन्’, पेस्कोभले भने, ‘रुसी प्रशासनिक केन्द्र क्रेमलिनले यी सबै सूक्ष्मतालाई सावधानीपूर्वक निगरानी गरिरहेको छ।’

अन्तिम युक्रेनी नागरिक रहेसम्म युद्ध गर्न’ किएभलाई उक्साउने र प्रोत्साहित गर्ने दृष्टिकोण युरोपमा हाबी रहेको र युरोपेली राजनीतिक प्रतिष्ठानमा युद्धबारे विभिन्न दृष्टिकोण देखिएको तर युद्धको वातावरणमा कुनै परिवर्तन नभएको पेस्कोभले बताए। शान्ति योजना वार्ताका कारण जर्मनी यस संकटमा गाँजिएको क्रेमलिन प्रवक्ता पेस्कोभले जिकिर गरे।

यता फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यो संकटमा मस्कोले सबैभन्दा चट्टानी अडान लिएको प्रतिक्रिया दिए। यसअघि जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनलगायत धेरै देशले सुरक्षा सल्लाहकारको स्तरमा युक्रेन संटमा शान्ति प्रक्रियाका लागिपहलका बारेमा छलफल गरिरहेको बताएका थिए।

तपाईको प्रतिक्रिया