मन्त्रीहरूलाई सभामा उपस्थित भई प्रश्नको जवाफ दिन अध्यक्षको निर्देशन

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रीहरुलाई सभामा उपस्थित भई प्रादेशिक सरोकार समयमा उठेको प्रश्नको जवाफ दिन निर्देशन दिएका छन्।



शुक्रबारको राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरुले विकास निर्माणसँग सम्बन्धित र विभिन्न विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए। लगत्तै अध्यक्ष दाहालले प्रादेशिक सरोकार समयमा उठाएका विषयहरुको सम्बन्धमा सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हुन्।

निर्देशन दिँदै उनले भने, ‘माननीय सदस्यहरुले प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयहरुका सम्बन्धमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५९क० को उपनियम ३ को व्यवस्था बमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु।’

तपाईको प्रतिक्रिया