सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य विनोदकुमार शाहले यसपटक एमालेले कर्णालीको नेतृत्व पाउनुपर्ने बताएका छन्। एमाले आठबीस नगर कमिटीको दोस्रो नगर कमिटी अधिवेशनमा बोल्दै नेता शाहले यस्तो बताएका हुन्।

एमाले केन्द्रीय सदस्य समेत रहेका शाहले २०७४ सालको आम निर्वाचनपछि हालसम्म कर्णालीको नेतृत्व एमालेले गर्न नपाएको कारण यसपटक पार्टी केन्द्रले कर्णालीको नेतृत्व गर्न अवसर प्रदान गर्नु पर्ने माग गरे।


उनले भने, ञनेकपा एमालेले प्रदेश सभाका ४० वटा सिटमा २० सिट प्राप्त गरेको थियो। तर, पनि सरकारको नेतृत्व गर्ने अवसर पाएनौं। अहिले हाम्रो पार्टीको नेतृत्वले हामीलाई आश्वस्त पारेको छ। अब एमाले पार्टीको नेतृत्वमा हाम्रो सरकार हुन्छ।झ
साथै शाहले एमालेको नेतृत्वमा सरकार निर्माण भएपछि कर्णालीमा विगतका भन्दा फरक र भिन्न तरिकाले काम गरेर देखाउने रणनीति पार्टीको बोकेको दाबी गरे।

नेपाल कर्म । १६ चैत्र २०८०, शुक्रबार १०:२७