कर्णाली पुलबाट फाल हालेका लोकेन्द्रको शव चार दिनपछि फेला

काठमाडौं । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।



चार दिनदेखि बेपत्ता रहेका शाहीको शव बिहीवार टीकापुरको सन्कट्टी घाटमा फेला परेको लम्कीचुहा नगरपालिकाका प्रवत्ता लभ शाहीले बताए । सोमबार दिउँसो कर्णाली पुलबाट १७ जना युवाले पालैपालो नदीमा हाम फालेका थिए ।

जोसमा नदिमा हाम फालेका १७ जना मध्ये १६ जना बल्लतल्ल बाँचेर नदीबाट निस्किएका थिए तर ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए । बेपत्ता लोकेन्द्रको शव ४ दिनपछि भेटिएको हो ।  लोकेन्द्रसँगै नदीमा हाम फालेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया