सुर्खेत । वीरेन्द्रनगरमा मंगलबार भेटिएकाे महिलाको शवकाे पहिचान खुलेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा रहेकाे तारेभिरस्थित सुख्खा खोलामा सडेकाे अवस्थामा भेटिएकाे शव सरस्वती सुनारकाे रहेकाे खुलेकाे हाे ।

२७ बर्षीय सुनार वीरेन्द्रनगर-१ बाँगेशिमल सुर्खेत निवासी रहेकाे र गत पुसमा हराएको जानकारी परिवारले दिएकाे वडाध्यक्ष दिनेश खत्रीले नेपालकर्मलाई जानकारी दिए । उनका अनुसार परिवारले दिएकाे हुलियाअनुसार शवकाे पहिचान गरिएको हाे ।
प्रहरीलेसमेत घटनाबारे थप अनुसन्धान गरिरहेकाे जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार परिवार सम्पर्कमा रहेकाले उहाँहरूसँग थप जानकारी लिएर थप विषयमा भन्न सकिन्छ अहिल्यै केही भन्न नसकिने जनाएको छ ।

पिंक कलरको कुर्ता लगाईको ती महिलाको शव सडिसकेको अवस्थामा खाेला किनारामा घाँस दाउरा लिन गएकाले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।


नेपाल कर्म । १४ चैत्र २०८०, बुधबार १६:०३