एमाले सुर्खेतका नव निर्वाचितहरूले लिए पद तथा गोपनियताको सपथ

सुर्खेत । नव निर्वाचित नेकपा एमाले सुर्खेत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।



शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पाँच पदाधिकारीसहित ९९ र सात सदस्यीय लेखा कमिटी निर्वाचित भएको थियो ।

निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत सूर्यमणि गौतमले निर्वाचन परिणाम घाेषणा गरेर पद तथा गाेपनियताकाे सपथ खुवाइएकाे छ ।  नवनिर्वाचित अध्यक्ष कुलमणी देवकोटालाई जिल्ला निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत गौतमले पद तथा गोपनियताको सपथ गराएका छन् । अध्यक्षको सपथ ग्रहण पश्चात देवकोटाले जिल्ला र लेखा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सपथ ग्रहण कार्यक्रममा स्थानीय कमिटी सदस्य यामलाल कँडेल, सुर्खेत इन्चार्ज गाेरख बाेगढी, केन्द्रीय सदस्य माेहनमाया ढकाल लगायत नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया