सुर्खेत । नेकपा एमाले सुर्खेतकाे अध्यक्षमा कुलमणि देवकाेटा निर्वाचित भएका छा् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा देवकाेटाले निवर्तमान अध्यक्ष अमृत विसीलाई २१९ मतान्तरले हराउँदै विजयी भएका हुन् ।
देवकोटाले कुल ४९५ मतमध्य ३५१ मत पाएका छन् । प्रतिद्वन्द्वी अमृत विसीले १३२ मत पाए ।
पदाधिकारीमा प्यानलै विजयी भएका छन् । उपाध्यक्ष माेहन बडुवालले ३४६, सचिवमा डम्बर तिवारीले २९१, उप-सचिव खुलामा टिकाराम साेमैले ३२४ र महिलामा सुशील विश्वकर्माले ३३५ मत ल्याएर विजयी भएका हुन् ।

पदाधिकारीकाे मत गणना सकिएकाे र अब सदस्य पदकाे गणना शुरू गर्न लागिएकाे निर्वाचन कमिटीका प्रमख निर्वाचन अधिकृत सूर्यमणि गाैतमले जानकारी दिए । उनकाअनुसार सदस्यतर्फकाे सबै मत गणनापछि घाेषणा गरिनेछ ।

नयाँ नेतृत्वका लागि सहमतिकाे प्रयास गरेपनि विसी समूहले नमानेपछि अन्तत आईतबार निर्वाचन गरिएको हाे ।


नेपाल कर्म । १२ चैत्र २०८०, सोमबार ०५:२४