सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष कुलमणि देवकाेटाकाे प्यानलले जित सुनिश्चित भएको छ ।

जारी मत गणनामा अन्तिम ७० मत गन्न बाँकीहुँदा अध्यक्ष पदका उम्मेदवार देवकोटाले ३०४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी निर्वतमान अमृत विसीले १०९ मत मात्रै पाएका छन् ।


कुल ४९५ मतदातामध्य ४८६ मत खसेकाे थियाे । यस्तै उपाध्यक्ष पदका उम्मेदवार माेहन बडुवालले ३०० मत पाउँदा उनका प्रतिद्वन्द्वी ताराकेशर गाैतमले १०६ मत पाएका छन् ।
सचिवका उम्मेदवार डम्बर तिवारीले २५३ मत पाएका छन् भने डण्डीप्रसाद शर्माले १५८ मत छ । उप-सचिव खुलामा टिकाराम साेमैले २७६, हरिप्रसाद अधिकारीले १२५, महिलातर्फ सुशीला विश्वकर्माले २९२ र तृप्ती विश्वकर्माले १०८ मत पाएका छन् ।

नेपाल कर्म । १२ चैत्र २०८०, सोमबार ०५:०९