सुर्खेत । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा किरा र फट्याङ्गा निस्किदा जहाज अवतरणमा समस्या भएको छ । शनिवार (हिजो) परेको पानीपछि धावनमार्गमा किरा र फट्याङ्गा निस्किदा चराहरु आहारा खान आएपछि जहाज उडान र अवतरणमा समस्या भएको हो ।


‘विहान ८ बजेसम्म रनवे ठिकै थियो, त्यसपछि कुनै पनि जहाज अवतरण गर्न सकिएको छैन,’ विमानस्थलका निमित्त प्रमुख जशोदा सुवेदीले भनिन्, ‘चराहरु बढी आएपछि वुद्धको एउटा जहाज होल्डमा छ भने, एउटा वुद्ध र यतिको जहाज काठमाडौं नै फर्किएका छन् ।’ रनवे क्लियर गराउन आफूहरु लागिरहेको सुवेदीले बताइन् ।


नेपाल कर्म । ११ चैत्र २०८०, आईतवार १०:५६