सुर्खेतका भक्त कैलालीमा मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतका एक युवा कैलालीमा मृत अवस्थामा भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए । उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।

तपाईको प्रतिक्रिया