सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सुर्खेत बहुमखी क्याम्पसले होली मिलन कार्यक्रम गर्ने भएको छ। शनिबार एक सुचना जारी गर्दै स्ववियुले होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने जनाएको हो।
स्ववियुका सभापति अक्कलबहादुर सिजापतीले होली पर्व मनाउनुको पौराणिक कारण र छुट्टै इतिहास बोकेको पर्व भएका कारण यहीँ अवसरमा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।
उनले भने, ‘होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो। त्यसैले हाम्रो क्याम्पसमा पनि यो पर्वका दिन सन्देशमूलक कार्यक्रम गरेर बनाउने तयारी गरेका हौँ।’


कार्यक्रम आइतबार (चैत ११) गते बिहान ९ बजे सुर्खेत बहुमुखी क्याम्पसको प्राङ्गणमा राखिएको छ।


नेपाल कर्म । १० चैत्र २०८०, शनिबार १९:३२