सुर्खेत । नेकपा एमाले दैलेखको ठाँटीकाँध गाउँपालिका कमिटीले पालिकाको दोस्रो अधिवेशनको लागि लोगो सार्वजनिक गरेको छ। उक्त लोगो शनिबार गाउँकमिटीको अधिवेशनका लागि गठन भएको प्रचर समितिले तयार पारेको हो।
पालिका कमिटी सचिव तथा अधिवेशन प्रचार–प्रसार समिति संयोजककृपाराम थापाका अनुसार प्रचार समितिले तयार पारेर प्रस्तावित गरिएको लोगो पार्टी सचिवालयद्वारा स्वीकृत गरेर सार्वजनिक गरिएको हो।
उक्त लोगोमा स्थानीय पर्यटकिय क्षेत्र तथा संरक्षित गर्नुपर्ने विषय र आर्थिक समृद्धिको बिषय मध्यनजर गर्दै तयार पारिएको हो।

त्यस लोगोमा ठाँटीकाँध गाउँपालिकामा रहेको दैलेख जिल्लाकै ठूलो ताल मदान ताल, गाउँपालिकाको लेखमा पाइने डाँफे, जरायो र हिमालको तस्बीर समेत समावेश गरिएको छ।

यस्तै, पालिकाको अधिवेशन यहीँ चैत १५ र १६ गतेका दिन हुने छ। अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको एमाले ठाँटीकाँध गाउँपालिकाले जनाएको छ।


नेपाल कर्म । १० चैत्र २०८०, शनिबार १९:०६