सुर्खेत । वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको गुम्बा सरसफाइ गरिएको छ । सुर्खेतमा रहेको सुर्खेत बुलबुले यातायात प्रा.लि.ले शनिवार सामाजिक कार्य अन्तरगत गुम्बा सरसफाई गरेको हो ।

भोली (आईतबार) लाटिकोइलीमा रहेको बौद्ध गुम्बामा कुदुङको राम्ने पूजा तथा वाङ कार्यक्रम आयोजना गरिएकाले त्यसको पूर्व सन्ध्यामा सरसफाई गरिएको प्रा.लि.का सचिव सोनाम लामाले नेपालकर्मलाई जानकारी दिए ।


उनकाअनुसार ११ जना बढी गुम्बा पुगेर गुम्बा भित्र र परिसरमा सरसफाई गरिएको छ । आइतबार सुर्खेतका संस्थापक गुरु कुस्यो रिन्पोछेले कुदुङ (मुर्ति) बौद्ध गुम्बा निर्माण तथा संरक्षण समितिलाई हस्तान्तरणका गर्ने कार्यक्रम राखिएको छ ।
कार्यक्रममा कुदुङको राम्ने, पूजा तथा वाङ कार्यक्रम तय गरिएको प्रा.लि.का सचिव लामाले जानकारी दिए । खाम्पा समूदायलाई लाटिकोइलीमा रहेको पेमा साङे छ्योलिङ गुम्बामा आमन्त्रण गरिएको आयोजक ताक्ला लामाले बताएका छन् ।

नेपाल कर्म । १० चैत्र २०८०, शनिबार १८:३३