सुर्खेत । वीरेन्द्रनगरको यरिचोक नजिकै एक जनाको नाक भाँच्ने दुई जना फरार भएका छन् । वीरेन्द्रनगर–४ यरिचोकमा रहेको प्रहरी विटदेखि उत्तरतर्फ भैरवस्थान जाने लाइनमा बर्दियाका आदिल शेखलाई हानेर दुई जना फरार भएका हुन् ।
फरार हुनेमा दैलेख ठाँटीकाँध गाउँपालिका घर भएका अन्दाजी २३ वर्षीय धुुुव्र रोकाय र उनका भाइ नाता पार्ने रहेको पीडित शेखले नेपालकर्मलाई जानकारी दिए । भाइ नाता पर्नेले समातेको र रोकायले रटले नाकमा प्रहार गर्दा नाकको हड्डी भाँचिएको पीडित शेखको भनाई छ ।
२३ वर्षीय शेख गुलरिया नगरपालिका–६ शान्तिटोल बर्दियाका हुन् । १० वर्षदेखि वीरेन्द्रनगरमा मोटरसाईकल ग्यारेजमा मिस्त्रीको काम गर्दै आएका शेखले रोकायको मोटरसाईकल मर्मत गरेको रकम माग्दा घटना भएको हो ।

मुलपानी नजिकै ग्यारेज सञ्चालन गरिरहेका शेखले रोकायको मोटरसाईकल मर्मत गरे वापत १२ हजार चार सय रुपैया लिनु थियो । तर त्यहीँ रकम माग्दा रोकायले आफूमाथि आक्रमण गरेको शेखले बताए । ‘अरु कुनै पनि रिसिइवी वा कारण थिएन,’ शेखले भने, ‘पटक–पटक मोटरसाईकल मर्मत गरेको रकम दिन भन्दा कहिल्यै फोन नउठाएर पन्छिरहेका थिए । आज यरिचोक नजिकै देखेपछि पैसा माग्दा उल्टै घाइते हुनुप¥यो ।’

शेखले ज्यान मार्ने उद्योग सम्बन्धीको निवेदन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएका छन् । क्षतीपूर्ती र कारवाहीको मागसहित प्रहरी कार्यालयमा निवेदन दिएर आफू उपचार गराइरहेको जानकारी दिए ।
घटना लगत्तै फरार रहेका रोकाय र उनका भाइ नाता पर्नेलाई पक्राउ गर्न प्रहरीले खोजी थालेको सुर्खेत प्रहरीले जनाएको छ । प्रहरीले राेकायले चलाउने माेटरसाइकल नियन्त्रणमा लिएकाे जानकारी दिकाे छ ।

नेपाल कर्म । १० चैत्र २०८०, शनिबार १८:१३