जीप दुर्घटनामा दुई जनाको मृत्यु, ६ जना घाइते

सुर्खेत । हुम्लामा जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको श्रीनगरबाट अदानचुली गाउँपालिकाको बारीगाउँ जाँदै गरेको बोलेरो जीप दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको हो ।



सुदूरपश्चिम प्रदेश ००१ ज ११८३ नम्बरको बोलेरो सडकबाट एक सय मिटर तल खस्दा ओदानचुली गाउँपालिका–५ बारीगाउँका अन्दाजी ४२ वर्षीय फागुने लोहोर र सोही गाउँपालिकाको करगाईका १३ वर्षीय प्रवेश ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए ।

उनकाअनुसार जीपमा चालसहित आठ जना सवार थिए । यीमध्य ६ जना घाइते भएको र उनीहरुको उद्दार गरेर गाउँपालिका नजिकै रहेको स्वस्थ्य चौकीमा लगिएको चन्दले बताए । घाइते हुनेहरुको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया