सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-२ खाेलीगाउँ बस्ने विमला शर्मा हराएपछि खाेजीदिन उनका श्रीमानले अपिल गरेका छन् । गएकाे फागुन १६ गते घरबाट अस्पताल जान्छु भनेर निस्किएकी विमला शर्मा घर नफर्केपछि खाेजीदिन विर्द शर्माले अपिल गरेका हुन् ।

घरमा कुनै झगडा नभएको र नफर्केपछि खाेजीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमासमेत निवेदन दिएकाे विर्खले जानकारी दिए । प्रहरीले विमलाकाे खाेजीका लागि मातहतका निकायहरूमा हुलिया नै पठाइसकेकाे छ ।


विर्खकाअनुसार हराएकाे २० दिनसम्म सबै ठाउँमा खाेजेपनि कुनै पत्ता लाग्न सकेकाे छैन् । एक छाेरा र छाेरी घरमै छाडेर घरबाट निस्केकाे दिनबाट नफर्केपछि चिन्तित बनाएकाे विर्ख बताउँछन् ।
माइतीतिर र उनका सबै आफन्तीमा खाेजी गरिसकिएकाे उनले बताए । ३२ वर्षीय विमलाकाे हुलिया गहुँगोरी, उचाई ४ फिट ५ ईन्च, वजन ५५ के.जि र शरीर मध्यम रहेकाले कहिँ कतै भेटाउनुहुने वा देख्नु हुनेले नजिकैकाे प्रहरी वा विमलाकाे श्रीमान विर्ख शर्माकाे माेबाइल नम्बर ९८४८१२३४३० मा सम्पर्क गरिदिनुहुन अनुराेध छ ।

नेपाल कर्म । ९ चैत्र २०८०, शुक्रबार १७:०९