विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन सुर्खेत प्रशासनको अनुरोध

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवाहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ । पछिल्ला केही दिन यता देशका विभिन्न जिल्लामा रहेका सामुदायिक वन तथा घर गोठमा आगलागी हुन गई मानविय तथा ठुलो धनमालमा क्षति पुगेको परिपेक्षमा प्रशासनले सजग रहन अनुरोध गरेको हो ।



‘सुख्खा मौसम, हावाहुरी तथा आगलागीबाट विपद्धन्य घटनाहरु बढ्दै जानसक्ने परिप्रेक्ष्यमा जिल्लाका सबै सरकारी निकाय, स्थानीय तह, संघ संस्था एवं नागरिक समाजले आवश्यक समन्वय तथा सहजीकरण गरी सचेतनामूलक कार्यक्रम गर्नुका साथै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुहुन हार्दिक अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा जारी सूचनामा भनिएको छ ।

नेपाल बहुप्रकोपीय जोखिमयूक्त राष्ट्र भएको उल्लेख गर्दै उक्त जोखिम प्रकोप तथा विपद्मा परिणत हुँदा हुने ठूलो जनधनको नोक्सानीप्रति सचेत रहन प्रशासनले भनेको छ । सुख्खा मौसमको सुरुवातसँगै अनेकौ प्रकारका विपद् आउदा विशेषतः यस मौसममा हावाहुरी, चट्याङ, आगलागी, वन डढेलो जस्ता प्रकोप बढ्ने र यसले मानिसको दैनिक जीवनयापनमा गहिरो प्रभाव पार्ने र झाडा पखाला लगायतका महामारी तथा सर्पदंशका घटना हुनसक्ने भएकाले यसतर्फ सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।

यस्ताे छ सूचना 

तपाईको प्रतिक्रिया